१६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, हेर्नुस् डिटेल


काठमाडौं । निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

असोज ११ गतेदेखि लागु हुने गरी न्याय परिषद्को सिफारिसमा ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

बाँकी ८८ निर्वाचन क्षेत्रमा न्याय सेवा आयोगको सिफारिसमा नेपाल न्याय सेवाका अधिकृतलाई निर्वाचन अधिकृत नियुक्त गरिएको निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार मङ्गलवार १६५ वटै निर्वाचन क्षेत्रमा आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा निर्वाचन ऐन, २०७४ बमोजिम निर्वाचनमा सम्पन्न गर्नुपर्ने काम गर्न वा गराउनका लागि आयोगले प्रत्येक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत र प्रत्येक निर्वाचन क्षेत्रमा एक जना निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

पुरा डिटेल हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित : २०७९ आश्विन ६, बिहीबार ०७:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ