औरही गाउँपालिका ४ का निवर्तमान वडाध्यक्ष यादव जनमतमा प्रवेश


सिरहा । औरही गाउँपालिका ४ का निवर्तमान वडाध्यक्ष उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन् ।

औरही गाउँपालिका ५ स्थित श्री सुन्दर जनता मावि औरहीको खेल मैदानमा आयोजित चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रममा निवर्तमान वडाध्यक्ष यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रवेश गराए । उनलाई अध्यक्ष डा. राउतले टिका लगाए र दोसल्ला ओढाएर सम्मान पनि गरे ।

वैशाख ३० मा सम्पन्न निर्वाचनमा जसपाले टिकट नदिएपछि यादव रुष्ट थिए । त्यसैले उनी जसपा परित्याग गरी जनमत रोजेको बुझिएको छ । उनीसहित विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता जनमतमा प्रवेश गरेका छन् ।

प्रकाशित : २०७९ आश्विन ६, बिहीबार ०८:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ