पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु, ३ जना घाइते


काठमाडौं । पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान तीन जना घाइते भएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको हो । घाइते दुई जनाको उपचार भइरहेको छ ।

यस्तै, पर्साकै विन्दवासिनीको अमरपट्टीमा पनि चट्याङ् लागेर एक जना घाइते भएका छन् ।

प्रकाशित : २०७९ आश्विन १०, सोमबार १०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ