काठमाडौंमा चार ग्यास सिलिन्डर एकैपटक पड्केपछि….


काठमाडौं । काठमाडौंमा चार ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको छ । रानीबन पानी ट्यांकी नजिकै रहेको कमश्वेर शर्मा शर्माको फर्निचर उद्योगमा आगलागी भएको हो ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले चार वटा दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।

उनका अनुसार उद्योगमा पूजा गर्दा बालेको धुपले सल्किएको आगोले उद्योगमा आगोलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

आगोलागीपछि त्यहाँभित्र रहेका पाँच ग्यास सिलिन्डरमध्ये चार सिलिन्डर पड्किएको थियो ।

प्रकाशित : २०७९ आश्विन १२, बुधबार १६:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ