उपचार गराउँदा गराउँदै दुई कैदी फरार


काठमाडौं । क्षयरोग निवारण संस्था विराटनगरमा उपचाररत दुइ जना कैदीबन्दी फरार भएका छन् ।

उपचारका लागि भर्ना भएका बन्दी २८ वर्षका मञ्जिल गुरुङ र कैदी २८ वर्षकै राजकुमार हेमरम फरार भएका मोरङका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार झापा शिवसताक्षी गाउँपालिका ५ का हेमरम जबरजस्ती करणी मुद्दाका कैदी हुन् भने विर्तामोड बस्ने गुरुङ भने लागूऔषध मुद्दामा पुर्पक्षका लगि थुनामा थिए ।

जिल्ला कारागार झापामा रहेका उनीहरूमा क्षयरोग देखिएपछि गत असार र भदौमा विराटनगरस्थित निवारण संस्थामा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा उनीहरू आज बिहानै फरार भएका हुन् ।

फरार भएका कैदी र बन्दीको खोजी तिव्र पारिएको मोरङ प्रहरीले जनाएको छ । उनीहरूको सुरक्षामा खटिएका प्रहरी हवल्दार र जवान माथिपनि छानबिन भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : २०७९ आश्विन १५, शनिबार १५:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ