मलेठ घटनाको ६ बर्षपछि ओली सप्तरी आएपछि…


जनकपुरधाम । सप्तरीको मलेठमा ५ जनाको भएको घटनाको ६ बर्षपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सप्तरी आएका छन् ।

शनिबार जिल्लाको कंचनरुप नगरपालिकामा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न ओली यहाँ आएका हुन् । यसअघि २३ फागुन २०७३ मा एमालेको मेची महाकाली अभियान अन्तर्गतको कार्यक्रमका लागि ओली सप्तरी आएका थिए ।

मलेठस्थित औद्योगिक क्षेत्रमा एमालेले अभियानको कार्यक्रम गर्न खोज्दा तत्कालिन मधेशी मोर्चाले अवरोध गरेको थियो । मोर्चाको अवरोधकाबीच एमालेले कार्यक्रम गरेको थियो ।

एमाले र मधेशी मोर्चाका कार्यकर्ताबीचको सम्भावित झडप रोक्न खटिएको प्रहरीले गोली चलाउँदा ५ जनाको मृत्यु भएको थियो ।

कुर्ता पाइजामा लगाएर आएका ओलीले घाँटीम गमछा पनि बेरेका छन् । आमसभामा बिभिन्न पार्टीका नेताहरु प्रवेश गर्ने कार्यक्रम समेत रहेको एमाले, सप्तरीले जनाएको छ ।
अनलाइनखबर

प्रकाशित : २०७९ आश्विन १५, शनिबार १७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ