मधेसः सहिदपत्नी फूलोलाई एमालेले प्रदेश साँसद बनाउने


जनकपुरधाम । सहिद रामनारायण मण्डल (मुरबल)की श्रीमती फूलो कुमारी देवीलाई नेकपा एमालेले समानुपातिक उम्मेदवार बनाएको छ ।

धनुषाको सहिदनगर नगरपालिका ६ हडबराकी फूलोलाई एमालेले मधेस प्रदेशको सांसदका लागि समानुपातिक उम्मेदवार बनाएको हो । गत असोज ३ मा एमालेले निर्वाचन आयोगमा बुझाएको सूचीमा फूलोको नाम समावेश थिएन ।

उक्त सूची सच्याएर फूलोको नाम समावेश गरेको बुझिएको छ । फूलोलाई प्राथमिकता दिएर पार्टीले बन्द सूचीमा नाम राखेको एमाले नेता सञ्जीव झा ‘सुरज’ले पुष्टि गरेका छन् ।

असोज ८ मा पूर्व मन्त्री उमाशंकर अरगरियालाई पार्टीमा प्रवेश गराउन धनुषा पुगेको बेला एमाले अध्यक्ष केपी ओली सहिद पत्नी फूलोको घर पुगेका थिए ।

तत्कालीन हडबरा गाविसका अध्यक्ष समेत बनेका कम्युनिस्ट नेता रामनारायणको ०५३ सालमा हत्या भएको थियो ‌। त्यसपछि उनको परिवार नै सखाप पार्न खोजिएपछि कान्छा छोरा अपराजय र फूलोलाई पाल्पा लगेर ओलीले जोगाएका थिए ।

प्रकाशित : २०७९ आश्विन १६, आईतवार १६:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ