जनकपुरधाममा एकै दिन दुई करोडको लड्डु बिक्री !


जनकपुरधाम । महाअष्टमीका दिन जनकपुरधामस्थित विभिन्न शक्तिपीठहरुमा प्रसाद चढाउनका लागि करिब ३५ हजार किलो लड्डु बिक्री भएको अनुमान गरिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले सो हाराहारीमा लड्डु बिक्री भई करिब दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘बजारमा लड्डुको फरक–फरक भेराइटी थियो । त्यसमा रिफाइन घ्यू वाला लड्डु, शुद्ध घ्यू वाला लड्डु, मोतीचूरको लड्डु, महीनदाना लड्डु, गोंद लड्डु, मेवा लड्डुलगायत थिए । यसबाहेक खीर कदम, केसर संदेश, मेवा पैक, काजु बर्फीको पनि बिक्री भयो । यस हिसाबले हेर्ने हो भने करिब दुई करोडको आर्थिक कारोबार भएको हुनसक्छ ।’

शहरभित्र करिब २ सयभन्दा बढी मिठाई पसलहरू छन् । २ करोडको मिठाई विक्री भएको हो । हंसराज मिठाई पसलका सञ्चालक हंसराजले महाअष्टमीका दिन माता राजदेवीलाई प्रसाद चढाउनका लागि अधिकांशले लड्डु खरिद गरेको बताए ।

बजारमा आइतबार साँझदेखि नै मिठाई पसल सञ्चालकहरू लड्डु बनाउन व्यस्त देखिएका थिए भने आइतबार रातिदेखि ग्राहकको भीड पनि अत्यधिक बढेको थियो । अर्कोतर्फ बजार अनुगमनको अभावले अखाद्य सामग्रीको प्रयोग गरी बनाइएका लड्डुहरू पनि अत्यधिक मात्रामा बिक्री भएको देखिएको छ ।

बजारमा सानादेखि ठुला मिठाई पसल सञ्चालन गर्ने पसलेहरूले अखाद्य सामग्रीको प्रयोग गरी बनाएका मिठाई सेवनका कारण मानव स्वास्थ्यमाथि गम्भीर प्रभाव पार्न सक्ने देखिएको छ ।
फरकधारबाट

प्रकाशित : २०७९ आश्विन १७, सोमबार १९:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ