प्रचण्ड चितवनबाट चुनाव नलड्ने, वाईसीएल नेताले भने- गम्भीर संकट आयो


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा २ बाट चुनाव लड्ने लगभग निश्चित भएको छ ।

प्रचण्डकै निर्वाचन क्षेत्रका चितवन ३ का नेतासमेत रहेका वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले प्रचण्ड चितवनबाट चुनाव नलड्ने सार्वजनिक गरेका छन् ।

पनेरुले फेसबुकमा लामो स्टाटस लेख्दै देशभित्र र बाहिरका परिवर्तनविरोधीका हजार षड्यन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन् ।

उनले चितवन र ३ नम्बर क्षेत्रको विकासको विशाल सम्भावनामाथि गम्भीर संकट आएको भन्दै यसको असर गठबन्धन र चितवनका तीनवटै निर्वाचन क्षेत्रमा पर्ने चेतावनीसमेत दिएका छन् ।

चितवन( ३ मा कांग्रेसको भुइँकटहर समूहले प्रचण्डविरुद्ध उम्मेदवारी दिने तय भइसकेको छ भने एमाले र राप्रपाका विक्रम पाण्डेबीच पनि सहकार्यको तयारी छ ।

सोही क्षेत्रमा रवि लामिछानेसमेत उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला वााईसीएलका नेताले प्रचण्ड चितवन छाडेर अन्यत्र जान लागेको पुष्टि गरेका छन् ।

चितवनमा चुनाव लड्नु प्रचण्डका लागि जोखिम हुने भन्दै यसअघि नै गोरखामा लैजाने पहल भइरहेको थियो ।

प्रकाशित : २०७९ आश्विन १८, मंगलवार १४:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ