चाडपर्वमा नक्कली नोट सहटी गर्ने गिरोह सक्रिय, यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट


काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरीले दसैंमा हुने अपराधलाई कम गर्न सर्वसाधारणमा नगद कारोबारका समयमा सचेत हुन अपिल गरेको छ । चाडपर्वको समयमा आर्थिक कारोबार धेरै हुने भएकाले थप सावधानी अपनाउन प्रहरीले भनेको हो ।

प्रहरीले विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्न अनुरोध गरेको छ । यदि नगदबाट कारोबार गर्नुपरे उच्च सावधानी अपनाउन पनि प्रहरीले भनेको छ । नगदको उच्च कारोबार हुने समयमा नक्कली नोटको कारोबार हुनसक्ने भन्दै सतर्कता अपनाउन प्रहरीले भनेको छ ।

पछिल्ला दशैंको ट्रेन हेर्ने हो भने नक्कली नोट कारोबारीहरु यो समयमा बढी सक्रिय हुने गरेका छन् । आर्थिक कारोबारबढी हुने भएकाले कारोबारीहरु संक्रिय हुने गरेको प्रहरीको दावी रहेको छ ।

यस्ता कारोबारीले दिएको नक्कली नोट तपाइको गोजीसम्म पनि आइपुग्न सक्छ । त्यसैले नोटको कारोबार गर्दा एकदमै सचेत हुनुहोला । यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट :

प्रकाशित : २०७९ आश्विन १८, मंगलवार १४:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ