कुनै पार्टीसँग गठबन्धन हुँदैन, भ्रममा नपरौँ : डा‍. सीके राउत


जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा‍. सीके राउतले आसन्न संसदीय निर्वाचनमा कुनै पार्टीसँग तालमेल वा गठबन्धन नगर्ने स्पष्ट पारेका छन् ।

अध्यक्ष डा। राउतले आफ्नो सचिवालयको पेजमार्फत चुनावमा तालमेल वा गठबन्धन नहुने स्पष्ट पारेका हुन् । उनले विरोधी पार्टीहरूले भ्रम फैलाएको भन्दै त्यस्तो भ्रमबाट सतर्क रहन नेता कार्यकर्तालाई अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘भ्रममा नपरौँ । कुनै गठबन्धन वा तालमेल छैन । सबै ठाउँमा हाम्रो उम्मेदवार हुनेछ । आइतबार प्रमाणित हुने नै छ ।’ उनले मधेसका सबै स्थानमा उम्मेदवारी दिने पनि दाबी गरेका छन् ।

यसअघि सो पार्टीका नेताहरूले मधेसको मुद्दा बोकेका पार्टीहरूसँग चुनावी तालमेल गर्न सक्ने बताएका थिए ।

प्रकाशित : २०७९ आश्विन २०, बिहीबार १९:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ