मधेसका यी यूवक साउदीमा २४ दिनदेखि बेपत्ता


काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी गएका बारा सुवर्ण गाउँपालिका ६ का शेष सफिउल्लाह विगत २४ दिनदेखि सम्पर्कविहीन बनेका छन् । साउदी अरबको गोल्डेन चिकेन कम्पनीमा काम गर्दै आएका उनी भदौ २८ गते ९१३ सेप्टेम्बर २०२२० देखि सम्पर्कविहीन बनेका हुन् ।

मानसिक सन्तुलन ठिक नभएपछि उनलाई कम्पनीले होस्टेलमा राख्ने भनेर लगेको थियो । त्यहीको पर्खाल नाघेर भागेका उनी सम्पर्कविहीन भएका हुन् । उनी भागेपछि कम्पनीले नेपालमा रहेको परिवारलाई खबर गरेको थियो । त्यसपछि उनको परिवारले परराष्ट्र मन्त्रालयमार्फत साउदीमा रहेको नेपाली राजदूतावासलाई खोजीका लागि आग्रह गरेको थियो ।

तर, उनी अहिलेसम्म सम्पर्कमा नआएको उनका दाजु शेष अतिउल्लाहले रातोपाटीलाई जानकारी दिए । ‘मानसिक सन्तुलन ठिक नभएपछि होस्टेलमा राख्ने भनेर लगेको रहेछ । त्यही होस्टेलको पर्खाल नाघेर भाग्यो भन्ने जानकारी आएको छ । यथार्थ के हो थाहा छैन,’ उनले भने ।

 

प्रकाशित : २०७९ आश्विन २०, बिहीबार १९:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ