स्वतन्त्र उम्मेदवारी दिने गंगा चौधरीको घोषणा


काठमाडौं । नेकपा एमालेकी नेतृ गंगा चौधरी सत्गौवाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा दाङ–१ बाटै स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी छन् ।

फेसबुकमा एक स्टाटस लेख्दै उनले टिकट नपाएपछि स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी हुन् । ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरूको साथ चाहिएको छ,’ थारूले लेखेकी छन् ।

यसअघि थरूहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी गंगा उनी दुईपटक समानुपातिक सांसद भएकी थिइन् ।

प्रकाशित : २०७९ आश्विन २१, शुक्रबार १३:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ