धनुषा २ मा जसपाका गंगाराम यादवले दर्ता गराए उम्मेदवारी, एमालेका अरगरिया पनि दर्ता गराउँदै


जनकपुरधाम । धनुषा क्षेत्र नम्वर २ मा जनता समाजवादी पार्टी (जसपा)बाट गंगाराम यादव उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमाले–जसपाबीच गठबन्धन भए पनि धनुषा २ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमती बनेको छ । सो बमोजिम जसपाबाट यादवले उम्मदेवारी दर्ता गराएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली धनुषा २ बाट उम्मदेवार बनाउने गरी पूर्वमन्त्री उमाशंकर अरगरियालाई पार्टीमा प्रवेश गराएका थिए । सोही कारण असन्तुष्ट बनेका एमाले नेता यादव पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका थिए ।

जसपाले यादवलाई नछाड्ने र एमालेले अरगरियालाई नछाड्ने भएकाले धनुषा २ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमती गर्नुपरेको बताइएको छ । सो क्षेत्रमा एमालेबाट अरगरिया पनि उम्मेदवारी दर्ता गराउँदैछन् ।

सत्ता गठबन्धनले भने नेपाली काँग्रेसका रामकृष्ण यादवलाई यो क्षेत्रमा उम्मदेवार बनाएको छ । स्रोतका अनुसार सत्ता गठबन्धनकै एक घटक नेकपा एसका रामचन्द्र झा पनि उम्मेदवारी दिने छन् ।

प्रकाशित : २०७९ आश्विन २३, आईतवार १४:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ