धनुषामा प्रतिनिधिसभाका लागि १० पूर्वमन्त्री प्रतिस्पर्धामा


धनुषा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रमा ‘हेभीवेट’ नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

धनुषामा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराउने नेताहरूमा १० जना पूर्वमन्त्री नै रहेका छन् । धनुषा १ मा पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गराए ।

यस्तै धनुषा २ मा तीन पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । सो क्षेत्रबाट एमालेका उमाशङ्कर अरगरिया, पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामकृष्ण यादव र नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले उम्मेदवारी दर्ता गराए । तीनै जना पूर्वमन्त्री हुन् ।

धनुषा निर्वाचन क्षेत्र नं ३ मा एमाले नेतृ जुलीकुमारी महतोले उम्मेदवारी दर्ता गराइन् भने सत्तारूढ गठबन्धनबाट लोसपाका नेता अनिलकुमार झाले उम्मेदवारी दर्ता गराए । उनीहरु दुवै पूर्वमन्त्री हुन् ।

त्यसैगरी धनुषा ४ मा एमालेका सचिव रघुवीर महासेठ र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं पूर्वमन्त्री यादव र एमालेबाट पूर्वमन्त्री महासेठले धनुषा ४ मा उम्मेदवारी दर्ता गराए ।

प्रकाशित : २०७९ आश्विन २४, सोमबार ११:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ