विजय गच्छदारको उम्मेदवारी खारेज गर्न निर्वाचन आयोगमा उजुरी दर्ता


सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका विजय गच्छदारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

गच्छदारलगायत १७५ जनामाथि ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको उजुरीमा उल्लेख छ । त्यस्तै गच्छदारमाथि भ्रष्टाचारको आरोप लागेको र १० लाख धरौटी बुझाएर रिहा भएको उजुरीमा उल्लेख छ ।

काठमाडौंका विवेक अधिकारीले गच्छदारविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका थिए । अघिल्लो चुनावमा धाँधली गरेर जितेको अभियोग पनि गच्छदारमाथि छ । यो मुद्दा पनि अदालतमा विचाराधिन छ ।

प्रकाशित : २०७९ आश्विन २४, सोमबार १६:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ