सिरहा ४ (ख)का उम्मेदवार पूर्वराज्यमन्त्री मण्डलको सात प्रतिबद्धता


सिरहा । मधेश प्रदेशका पूर्वराज्यमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिति सदस्य सुरेश मण्डलले प्रदेशसभा सदस्यका लागि उम्मेद्वारी मनोनयन दर्ता पश्चात् आफ्ना विभिन्न प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।

पूर्वराज्यमन्त्री मण्डलले जसपा र एमालेको संयुक्त उम्मेद्वारको रुपमा प्रदेशसभा सदस्यका लागि सिरहा निर्वाचन क्षेत्र नं. ४ (ख) बाट उम्मेद्वारी दिएका हुन् ।

‘मरे तो मुक्ति, जिये तो मधेश’ मूल राजनीतिक नाराका साथ राजनीतिमा लागेका मण्डलको विद्यार्थी राजनीतिदेखि मूलधारको राजनीतिसाम्मको यात्रा निकै नै संघर्षपूर्ण र सफल पनि रह्यो ।

उनी मधेश प्रदेशको राज्यमन्त्रीको रुपमा करिब साढे तीन वर्षसम्म कार्यभार सम्हालेका थिए । उनी मन्त्री हुँदा निकै नै उल्लेखनीय कार्यहरु गरेका थिए । तर, उनीमाथि कुनै किसिमको अनियमितताको आरोप लागेन । सोही कारण उनी एक इमान्दार सिपाहीको रुपमा कार्य गर्दै आए ।

युवाहरुको प्रेरणाको स्रोत अर्थात् ‘युथ आइडल’ को रुपमा पूर्वराज्यमन्त्री मण्डललाई कतिपय युवा राजनीतिज्ञहरुले मानेका छन् । उनी मधेशको मुद्दाप्रति जहिले पनि इमान्दार र एउटा सच्चा सिपाहीको रुपमा देखिएका छन् ।

पूर्वराज्यमन्त्री मण्डलका प्रतिबद्धताहरूः

१. मधेश आन्दोलनको उपलब्धिहरु संघीयता, समावेशीता, समानुपातिक प्रतिनिधित्व र आरक्षणलाई संस्थागत÷स्थायित्व रक्षा गर्न।

२. मधेश प्रदेश नामाकरण र जनकपुरधाम राजधानी कायम गरी सकेपछि स्थायी संरचना निर्माण गर्न।

३. सुशासन र समृद्धि कायम गर्न।

४. साना तर महत्वपूर्ण विकासका धेरै कामहरु गर्यौ अव प्रदेश गौरवको योजनाहरु ल्याउन।

५. यस क्षेत्रको लाइफ लाइन मिर्चैया कल्याणपुर –सिरहा –सडक (जस्को सम्पूर्ण प्रसासनीक प्रक्रिया सम्पन्न भैसकेको छ) लाई टेन्डर अवधी २ बर्ष भन्दा अगावै निर्माण कार्य सम्पन्न गर्न।

६. समाजिक परिवर्तनको पहिलो सर्त शिक्षा क्षेत्रको टडकारो आवश्यक्ता यस क्षेत्रमा स्नातक र स्नातकोत्तर सम्मको अध्ययन अध्यापनको लागि डिग्री कलेजको स्थापना।

७. मानवीय सम्बेदनाको सबैभन्दा महत्वपूर्ण पक्ष जीवन रक्षाको लागि यस क्षेत्रमा प्रदेश स्तरीय सुविधा सम्पन्न अस्पतालको स्थापना ।

प्रकाशित : २०७९ आश्विन २४, सोमबार १७:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ