धरानमा पाँच विरूवा रोपेपछि मात्रै घर नक्सा पास र निर्माण सम्पन्न प्रमाणपत्र दिइने


काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उपमहानगरभित्र घरको नक्सा पास गराउन र निर्माण सम्पन्न प्रमाणपत्र लिन कम्तीमा पाँच वटा विरुवा अनिवार्य रोप्नुपर्ने बताएका छन् ।

उनले उपमहानरभित्र यस्तो नियम चाँडै लागू गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल ट्विटर लेखेका छन्, ‘अब उप्रान्त धरानमा एउटा घर बनाउने नक्सा पास गर्न या सम्पन्न पत्र पाउन कम्तीमा पाँचवटा विरुवा अनिवार्य रुपमा रोप्ने नियम लागु गरिनेछ ।’

 

प्रकाशित : २०७९ आश्विन २६, बुधबार ११:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ