सर्लाही ३ (ख)बाट स्वतन्त्र उठेका सामाजिक अभियन्ता रायले पाए ‘लालटीन’ चुनाव चिन्ह


जनकपुरधाम । सर्लाही प्रदेशसभा क्षेत्र नम्वर ३ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका सामाजिक अभियन्ता सरोज रायले लालटिन चुनाव चिन्ह पाएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार निर्वाचन अधिकृतको कार्यालयले आज स्वतन्त्र उम्मेदवार रायलाई लालटिन चुनाव चिन्ह् प्रदान गरेको हो । आजै देशभरका स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ ।

सामाजिक अभियन्ता राय चर्चित अनुहार हुन् । उनले विदेशमा जेल जीवन विताइरहेका र मृत्यूदण्ड पाएका कैयौं नेपालीको जीवन रक्षा गरी स्वदेश फर्काउन सफल भएका छन् । उनले भारतबाट समेत कैयौं नेपालीको उद्धार गरेका छन् ।

प्रकाशित : २०७९ आश्विन २६, बुधबार १८:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ