सप्तरी ४ ‘क’ : राजेश विद्रोहीले पाए पानीको धारा चुनाव चिन्ह


लहान । सप्तरी प्रदेशसभा क्षेत्र ४ (क)बाट स्वतन्त्र उम्मेदवारी दिएका सामाजिक अभियन्ता तथा लेखक राजेश विद्रोहीले ‘पानीको धारा’ चुनाव चिन्ह पाएका छन् ।

विद्रोही नेपालमै चर्चा कमाएका व्यक्ति हुन् । सामाजिक र राजनीतिक क्षेत्रमा देखिएको विकृति विरुद्ध आवाज उठाउदै आएका छन् । नेपालमा गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका खेलेको माओवादी जनयुद्धमा समेत उनी लागेका थिए ।

तर माओवादीमा उनी विभेदको सिकार भए र अगाडी बढ्न पाएनन् । उनी निरन्तर जनताको बीचमा रहेर गरिब, दलित, विपन्नको सहयोग गर्दै आएकाले चुनाव जित्नुपर्ने बुद्धिजिविहरु बताउँछन् ।

प्रकाशित : २०७९ आश्विन २६, बुधबार १८:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ