महँगा बाइक, गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध दुई महिना लम्ब्याइयो


काठमाडौं । सरकारले १५० सीसीभन्दा माथिको बाइक, महँगा पेट्रोलियम गाडी, मोबाइल र मदिराको आयात प्रतिबन्ध कायमै राख्ने निर्णय गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार गरेको सिफारिसको आधारमा ४ वस्तुको आयात प्रतिबन्ध मंसिर २८ सम्म लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि गत वैशाखदेखि १० वस्तुको आयातमा प्रतिबन्ध लगाइएकोमा १४ भदौबाट कार्यन्वयन हुने गरी चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, ३२ इन्चभन्दा माथिको टेलिभिजन, कुर्कुरे, लेज र तासको आयात प्रतिबन्ध हटाएको थियो ।

गाडी तथा मदिराको आयात प्रतिबन्ध खुलाउनका लागि व्यवसायीले तीव्र लबिङ गरेका थिए । तर, मन्त्रालयले तत्काललाई खुलाउन नसकिने निर्णय लिएको हो ।

यता अटोमोबाइल व्यवसायीले भने अब प्रतिबन्ध कायम राखे सटर नै बन्द गरेर बस्ने भन्दै सरकारलाई दबाब दिँदै आएका थिए ।

प्रकाशित : २०७९ आश्विन २८, शुक्रबार १६:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ