प्रचण्ड जब मञ्चमै रुन थाले…


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० शुक्रबार गोरखामा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एकाएक भक्कानिएका छन् ।

प्रचण्डले आफू गोरखामा किन उम्मेदवार बन्न आएँ भन्ने विषयमा बोल्दाबोल्दै भक्कानिएका हुन् । प्रचण्ड गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।

माओ चिनियाँ कम्युनिस्ट आन्दोलनमा विचलन आउँदै गर्दा एकपटक चिनकाङसाङ फर्केको घटना प्रचण्डले सुनाए । उनले भने, ‘माओत्सेतुङ आन्दोलनको तागत बटुल्न चिनकाङसाङ पुगेका थिए । अहिले अन्तिम युद्ध लड्न त्यसैगरी गोरखा आएको हुँ ।’

प्रचण्डले माओवादी आन्दोलनमा विचलन आएको पनि बताए । आफूले युवा अवस्था बिताएको, जनयुद्ध थालनी गरेको, युद्धमा सैनिक तालिम लिएको, पार्टीको पहिलो हेडक्वाटर भएकाले गोरखालाई चिनकाङसाङसँग तुलना गरेका हुन् ।

प्रकाशित : २०७९ आश्विन २८, शुक्रबार १८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ