जसपाबाट गाउँपालिका अध्यक्षका उम्मेदवार यादव कांग्रेस प्रवेश


रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीका नेता गत स्थानीय तह निर्वाचनमा शुद्धोधन गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका भरथरी यादव नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

आइतबार बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाणले मणिग्राममा आयोजित कार्यक्रममा यादवलाई पार्टी प्रवेश गराएका हुन् ।

शुद्धोधन गाउँपालिका वडा नम्बर ५ का स्थानीय बासिन्दा यादव शुद्धोधनमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । उनी जसपा जानुपूर्व कांग्रेसमै महाधिवेशन प्रतिनिधि थिए ।

प्रकाशित : २०७९ आश्विन ३०, आईतवार १०:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ