नेपालबाट विश्वकप फुटबल हेर्न ५ सय तिर्नुपर्ने !


काठमाडौं । विश्वकप फुटबल हेर्न थप ५ सय तिर्नुपर्ने सूचना जारी भएको छ । मिडिया हब प्रालिले शुक्रबार थप ५सय तिर्नुपर्ने सूचना जारी गरेको हो ।

सूचनामा उल्लेख छ, ‘मात्र ५ सय रुपैयाँमा एक्सक्लुसिभ्ली नेपाली च्यानलबाट विश्वकप हेर्नको लागि आफ्नो नजिकको एमएसओ, डीटीएच र डिजिटल केवल अप्रेशनहरुसँग सम्पर्क गर्नुपर्ने छ ।

विगतमा विश्वकप फुटबल हेर्न थप शुल्क नलाग्ने भएपनि यो वर्ष नेपलीहरुबाट प्रति सेटअपबक्स ५ सय रुपैयाँ असुल गर्ने वयवस्था गरिएको छ।

विश्व फुटलव महासंघबाट त्यसको प्रसारको अधिकार मिडिया हब प्रालिले ल्याएको हो । प्रसारण भने हिमालयन टेलिभिजनबाट हुने छ ।

ग्राहकबाट उडाइएको पैसा टेलिभिजन नेटवर्क प्रसारकहरुले ३० प्रतिशत र मिडिया हबले ७० प्रतिशत पाउने छन् ।

प्रकाशित : २०७९ कार्तिक ४, शुक्रबार १४:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ