प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु जनकपुरधाम आउँदै


जनकपुरधाम । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरू आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउने भएका छन् ।

गठबन्धनमा आबद्ध दलका मधेस प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरू जनकपुरधाम आउन लागेको कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जानकारी दिए ।

कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित : २०७९ कार्तिक ५, शनिबार ०९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ