जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्छ : डा. भट्टराई


काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राम्रो काम नगर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले राइट टु रिकलको व्यवस्था गर्नुपर्ने बताएका हुन् । ‘राइट टु रिकल गर्नु पनि पर्छ । वास्तवमा हामी यति गैरजिमेवार हुँदै गएका छौं । ढाँट छल पैसा किनबेच अनेक गरेर चुनाव जित्ने, चुनाव जितेपछि पाँच वर्ष फर्केर नजाने, फेरि अर्को जालजेल षड्यन्त्र पैसा किनबेच गरेर जाने जुन प्रवृत्ति छ’, भट्टराईले भने ।

उनले थपे, ‘यदि जनप्रतिनिधिले ठीक ढंगले काम गरेन भने मतदाताको निश्चित प्रतिशत २५ प्रतिशत (वा कति राख्न सकिन्छ) ले मागे भने फिर्ता बोलाउन सक्ने व्यवस्था गर्नुपर्छ, यो सम्भव छ, असम्भव छैन ।’

प्रकाशित : २०७९ कार्तिक ६, आईतवार १६:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ