यस्तो आकर्षक इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, फुल चार्जमा १४० किलोमिटर गुड्ने


काठमाडौं । इलेक्ट्रिक स्कुटर ‘क्यापाचिनो एस’ नेपाली बजारमा आएको छ । जम्बो मोटर्सले यो इलेक्ट्रिक स्कुटर आइतबार नक्सालको शोरुमबाट बिक्री सुरुको घोषणा गरेको हो ।

उक्त स्कुटरको मूल्य ४ लाख २९ हजार रुपैयाँ तोकिएको छ । क्यापाचिनो एसलाई एकपटकको फुल चार्जमा १४० किलोमिटरसम्म यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।

यसमा ५५ एम्पीयर ७२ भोल्टको लिथियम आयन ब्याट्री दिइएको छ । यसमा ६ किलोवाट पिक क्षमताको मोटर प्रयोग गरिएको छ । यो स्कुटरको टप स्पीड क्षमता भने ८० किलोमिटर प्रतिघन्टा छ ।

यसमा ब्लुटुथ कनेक्टिभिटीसहितको फुल डिजिल डिस्प्ले छ । साथै कीलेस स्टार्ट, एलइडी लाइट्स, डबल डिस्क ब्रेक, सिबिसी ब्रेकिङ जस्ता फिचरहरु उपलब्ध छन् । यसको उत्पादक चीनियाँ कम्पनी हो ।

प्रकाशित : २०७९ कार्तिक ६, आईतवार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ