जनकपुरबाट यी २१ वर्षीय युवक साढे ३८ लाख रुपैयाँसहित पक्राउ


जनकपुधाम । धनुषा प्रहरीले स्रोत नखुलेको ३८ लाख ५० हजार रूपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका १ का २१ वर्षी सुवमराज चौवे छन् ।

निर्वाचनलक्षित विशेष सुरक्षामा रहेका टोलीले आइतबार दिउँसो चेकजाँच गर्ने क्रममा जनकपुरधाम उपमहानगरपालिका(२१ कुर्थाबाट चौवेलाई पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।

अन टेस्ट पल्सर मोटरसाइकलमा भारतबाट आउँदै गरेका ती युवाको ब्यागबाट एक हजार दरको २९ बण्डल (२९ लाख) र ५ सय दरको १९ बण्डल (९ लाख ५० हजार) नेपाली रूपैयाँ बरामद भएको प्रहरीको भनाइ छ ।

नेपाली रूपैया भारतबाट अवैधरूपमा भन्सार छली ल्याएको खुलेको र कारबाहीका लागि उनीसहित मोटरसाइकल र नगद जनकपुर भन्सार कार्यालय धनुषामा पठाइएको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ कार्तिक ७, सोमबार ०९:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ