जनमत पार्टीका उम्मेदवार यादवद्वारा दुर्घटनामा घाईते महिलाको उद्धार


जनकपुरधाम । प्रदेशसभा सदस्यका लागि धनुषा क्षेत्र नम्वर २ (ख)बाट उम्मेदबार बनेका रामपुकार यादवले दुर्घटनामा घाइते एक महिलाको उद्धार गरेका छन् ।

जनमत पार्टीका उम्मेदवार यादवले जनकपुर–यदुकोहा सडक खण्डमा मोटरसाइकल दुर्घटनामा घाईते भई सडकमा अलपत्र परेको अवस्था एक महिलालाई उद्धार गरे । उनले ति महिलालाई उपचारका लागि आफ्नै सवारीमा जनकपुरस्थित प्रादेशिक अस्पताल समेत पुर्याए ।

चुनावी प्रचार प्रसारका लागि हिडेको अवस्थामा महिला घाईते अवस्थामा भेटेपछि मानवताको हिसावले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको उम्मेदवार यादवले बताएका छन् ।

प्रकाशित : २०७९ कार्तिक ७, सोमबार ०९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ