ओलीसँग बहस गर्न देउवाको हैसियत छैन : महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका नेता तथा भक्तपुर २ का उम्मेदवार महेश बस्नेतले आफ्ना नेता कार्यकर्तालाई चुनावी युद्धमा होमिन निर्देशन दिएका छन् ।

भक्तपुर आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले घरघरमा पुगेर जनताको समस्या र आलोचना बुझ्न निर्देशन दिएका छन् । उनले भने, ‘चुनावलाई युद्धका रुपमा लिएर मैदानमा होमिन हामी तयार भइसकेको छौँ। घरघरमा पुगेर जनताको समस्या आलोचना सबै सुन्नुपर्छ।’

उनले गएको पाँच बर्ष आफ्नो कार्यकाल सफल भएको दाबी गरे । एमाले नेतृत्वको सरकारले हालेको बजेट काटेर भक्तपुरको विकास रोकेको उनको आरोप छ । देश निर्माण र विकासको भिजन केपी ओलीसँग मात्रै भएको उनले बताए ।

उनले भने, ‘हामीले ओलीलाई आगामी प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ । गठबन्धनले सार्न सकेको छैन । ओलीले जनतासँग सिधैं जोडिन टेलिफोेन गर्नुभयो । ओलीले देउवालाई आफूसँग बहस गर्ने हो भनेर सोध्दा बोल्न सकेनन् । ओलीको देश बनाउने भिजनबारे दुई घण्टासम्म निरन्तर बहस गर्न सक्नुहुन्छ। देउवाले दुई मिनेट बोल्न सक्दैनन् । उनको त्यो हैसियत र दृष्टिकोण छैन ।’

भारतले गरेको नाकाबन्दीलाई गठबन्धनका नेताहरु बोल्न नसकेको बेलामा ओलीले डटेर सामाना गरेको बताए । ओलीले नै आफ्नो गुमेको भूमि फिर्ता ल्याउन पहल गरेको बताए । उनले भने, ‘हामीले ल्याएको चुच्चे नक्सा गठबन्धन सरकार आएपछि बुच्चे भएको छ ।’

प्रकाशित : २०७९ कार्तिक ८, मंगलवार १७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ