यी ५५० जनाको नाम हट्यो समानुपातिकको बन्द सूचीबाट


काठमाडौं । निर्वाचन आयोगले ५५० जनाको नाम समानुपातिक तर्फको बन्द सूचीबाट हटाएको छ । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा ६ हजार ४५७ जनाको नाम दलहरुले समानुपातिकतर्फको बन्द सूचीका लागि बुझाएका थिए ।

स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै आयोगले गरेको जरिवाना नतिर्ने ३ सय ६९ जनासहित ५५० जनाको नाम हटाइएको आयोगले जनाएको छ । प्रतिनिधि सभाको समानुपातिकमा २३ जनाको २५ वर्ष उमेर नपुगेका कारण उम्मेदवारी खारेज भएको छ । प्रदेश सभामा उमेर नपुगेकाको संख्या २९ छ । दोहोरो उम्मेदावरीका कारण ६६ जनाको उम्मेदवारी खारेज भएको हो ।

महिला पुरूषको विवरण फरक परेका ३७ जना, गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका ६ जना, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ जना र आवश्यक कागज प्रमाण पेश नभएका ६ जनाको नाम पनि बन्दसूचीबाट हटाइको छ ।

लाभको पदमा बहाल रहेका एक जना र कालो सूचीमा रहेका एक जनाको नाम पनि बन्दसूचीबाट हटाइएको छ । प्रतिनिधिसभाको बन्द सूचीबाट को को हटे ?

प्रकाशित : २०७९ कार्तिक ९, बुधबार १६:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ