एकीकृत समाजवादीका ६ जनाको उम्मेदवारी खारेज


काठमाडौं । नेकपा (एकीकृत समावादी)का समानुपातिक तर्फका ६ जनाको उम्मेदवारी खारेज भएको छ ।

प्रतिनिधि सभा तर्फको समानुपातिकको बन्दसूचीमा रहेका ६ जनाले आयोगले तोकेको जरिवाना नबुझाएका कारण उम्मेदवारी नै रद्द भएको हो ।

आयोगले स्थानीय तह निर्वाचनमा खर्चको विवरण नबुझाएको भन्दै जरिवाना तोकेको थियो। ओम चरण अमात्य, ताराकुमारी विश्वकर्मा, दिलू बुदुजा, सीताकुमारी शर्मा, लक्ष्मण चौधरी र जयन्तीकुमारी सारु मगरले जरिवाना नबुझाएका कारण उम्मेवारी खारेको भएको हो ।

आयोगले जरिवाना रकम तिर्ने समय कात्तिक ५ गतेसम्म तोकेको थियो । जरिवाना नबुझाएर उम्मेदवारी खारेज हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य उम्मेदवारको संख्या ३६९ जना छ ।

प्रकाशित : २०७९ कार्तिक ९, बुधबार १६:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ