दुई पक्षबीच भिडन्त भएको महोत्तरीमा कर्फ्यु जारी, के छ अहिलेको अवस्था ?


महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका ८ मा दुई समुदायबीच झडप तनावग्रस्त बनेपछि प्रशासनले जारी गरेको कर्फ्यु कायमै राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका जारी गरिएको कर्फ्यू अझै कायमै राखिएको हो । स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यु कायमै राखिएको प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिएका छन् ।

कर्फ्यु आदेशको वर्खिलाप भएमा कानुन बमोजिम कडा कारवाही हुने चेतावनी समेत हिजो अपरान्ह देखी कफ्यु आदेश दिइएको थियो । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नं १ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ ‌।

हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको बेला अर्का समुदायका व्यक्तिहरु पत्थरबाजी गरेपछि झडप सुरु भएको महोत्तरी प्रहरीले जनाएको छ ‌। स्थिति नियन्त्रणमा लिन प्रहरीले आसुग्यांस र हवाई फायर गरेको थियो । तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले बिहीबार अपराह्न देखि कर्फ्यु आदेश जारी गरेको हो ।

प्रकाशित : २०७९ कार्तिक ११, शुक्रबार ०९:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ