कांग्रेसको संकल्प- ३ वर्ष मुनिका बालबालिका र ७३ माथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार


काठमाडौं । नेपाली कांग्रेसले ३ वर्ष मुनिका बालबालिका र ७३ माथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।

आगामी निर्वाचनका लागि ५२ पेज लामो चुनावी घोषणापत्र जारी गर्दै कांग्रेसले यस्तो सङ्कल्प गरेको हो । ५ वर्षभित्र सबै नागरिकको ’स्वास्थ्य बिमा र बिमा मार्फत गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गर्ने उल्लेख गरेको छ ।

बिमा रकमको दायरा बढाइ १० लाख पुर्‍याइने लक्ष्य पनि लिएको छ । आधारभूत बाहेकका सबै स्वास्थ्य सेवा बिमाबाट हुनेगरी सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमलाई बिमामा एकीकृत गर्न आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरिन पनि घोषणा गरेको छ ।

प्रकाशित : २०७९ कार्तिक १२, शनिबार १४:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ