चुनावको रिजल्ट कति दिनभित्र आउँछ ? हेर्नुहोस् डिटेल


काठमाडौं । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले भने, ‘सबै मतपेटिका संकलन भएको लगत्तैदेखि मतगणना सुरु हुनेछ, तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौं ।’

मंसिर २२ गतेभित्र चुनावका सबै नतिजाको प्रतिवेदन आयोगले राष्ट्रपतिसमक्ष बुझाउने तयारी रहेको पनि थपलियाले बताए ।प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन यही मंसिर ४ गते देशभर एकै चरणमा हुँदैछ । यस चुनावमा एक करोड ७९ लाख ८० हजार पाँच सय ७० मतदाता कायम छन् ।

मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । यही मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मतदान गर्न पाउँछन् ।

प्रकाशित : २०७९ मंसिर २, शुक्रबार ०८:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ