मंसिर ४ गतेसम्म निराहार व्रत बस्ने स्वतन्त्र उम्मेदवार सागर ढकालको घोषणा


डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार सागर ढकालले निराहार व्रत बस्ने घोषणा गरेका छन् ।

४ महिनादेखि निरन्तर रुपमा डडेल्धुरामा निर्वाचनको तयारी र प्रचारप्रसारमा सक्रिय भएका ढकालले बिहिबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो घोषणा गरेका हुन् । मतदानको दिन नजिकिंदै गर्दा मौन अवधिसहित यहि मंसिर ४ गते सम्मका लागि व्रत बस्ने बताएका छन् ।

जिल्लाका ५२ वटै वडाका विभिन्न बस्तीहरूमा मत मागेर डडेल्धुरा सदरमुकाम आइपुगेका ढकालले डडेल्धुराको भूमि शक्तिपीठ र संस्कृतिको धनी भएको भन्दै आफूलाई आसन्न आम निर्वाचनले उर्जा प्राप्त गरेको समेत बताएका छन् ।

प्रकाशित : २०७९ मंसिर २, शुक्रबार ०९:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ