सिरहा २ (क) : रुपैया र मासुमा आफ्नै भविष्य नबेच्न उम्मेदवार जीवछ यादवको अपिल


लहान । सिरहा प्रदेशसभा क्षेत्र २ (क)का बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जीवछ यादवले रुपैया र मासुमा आफ्नो भविष्य नबेच्न मतदाताहरुसंग अपिल गरेका छन् ।

उनी उम्मेदवार रहेकै क्षेत्रको नवराजपुर गापाको झाझपट्टीमा पैसा बाड्ने क्रममा जसपाका बिनोद यादव पक्राउ परे । यस्तै औरही गापा ३ पिपरामा जसपाबाट निर्वाचित वडाध्यक्ष पनि पैसा बाड्न लाग्दा स्थानीय यूवाहरुले लखेटेका थिए ।

यसरी रुपैया र मासुको चलखेल बढेपछि उम्मेदवार जीवछ यादवले मतदातासंग अपिल गर्दै भनेका छन्- तपाईको अमूल्य मत किनेर ति भ्रष्ट नेता फेरी ५ वर्ष भ्रष्टाचार गर्छन् । त्यसैले एक पटक छातीमा हात राखेर सोच्नुस् ।

‘मत नबेच्नुहोला। आफ्नो, सन्तानको र देशको भविष्यसंग खेलवाड नगर्नुस्’, उम्मेदवार यादवले भनेका छन्, ‘मतको सदुपयोग गर्नुहोला ।’

उम्मेदवार जीवछ यादवको अपिल:
मतदाता भगवान, तपाईहरुसंग मेरो बिन्ती
भोट अमूल्य हुन्छ, हजार दुई हजारमा बेचेर आफ्नै भविष्यसंग खेलवाड नगर्नुस् । तपाईलाई जसले पैसा दिन खोज्दैछन्, त्यो नेता कति भ्रष्टाचार गरेको होला अनुमान गर्नुस् त । तपाईको अमूल्य मत किनेर ति भ्रष्ट नेता फेरी ५ वर्ष भ्रष्टाचार गर्छन् । त्यसैले एक पटक छातीमा हात राखेर सोच्नुस् त । के, आत्माले दुई/चार हजारमा बिक्री हुन रोक्छ कि रोक्दैन् ‌‌। पक्कै पनि रोक्छ । तसर्थ आफ्नो, सन्तानको र देशको भविष्यसंग खेलवाड नगर्नुस् । मतको सदुपयोग गर्नुहोला । धन्यवाद ।
सिरहा २ (क)

प्रकाशित : २०७९ मंसिर ३, शनिबार १४:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ