सिरहामा कतै फाइरिङ र फाइटिङ चल्यो, कतै उत्साहपूर्वक मतदान (हेर्नुहोस् भिडियो)


जयनाथ यादव, सिरहा । आज विहान ७ बजेदेखि जारी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान प्रक्रिया सिरहामा समग्र रुपमा शान्तिपूर्ण भइरहेको छ ।

आज विहान कर्जन्हा नगरपालिका ६ मा जसपा र एकिकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको थियो । झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फाइर गरेको थियो । त्यसको केहिबेरपछि मतदान सुरु भयो ।

यस्तै अर्नमा गाउँपालिका ३ गौरीपुरमा पनि मतदान गर्न लाइनमा लाग्ने विषयमा विवाद चर्केपछि प्रहरीले लाठीचार्ज गरेको थियो । तर धेरैबेर मतदान भने रोकिएन । अहिले त्यहाँ पनि मतदान जारी छ ।

कर्जन्हा र अर्नमा बाहेकका ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । हेर्नुहोस् भिडियो :

प्रकाशित : २०७९ मंसिर ४, आईतवार १६:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ