धनुषा १ मा पछि परे मातृका, जसपाका कार्कीको अग्रता


जनकपुरधाम । धनुषा क्षेत्र नम्वर १ मा चार सय मत गन्दा जसपा उम्मेदवार दिपक कार्की अग्रता लिएका छन् ।

जसपा–एमालेको गठबन्धन छ । कार्कीले ११८ मत ल्याउँदा राप्रपाका मनोज मल्ल ठकुरीले १०९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

माओवादीका प्रभावशाली नेता तथा पटक पटक मन्त्री बनेका मातृका प्रसाद यादव भने मात्र ८७ मत ल्याएर तेस्रो स्थानमा छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् ।

प्रकाशित : २०७९ मंसिर ५, सोमबार १६:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ