सप्तरी २ मा जनमतको चमत्कार : उपेन्द्र यादवभन्दा सीके राउत ६ हजार मतले अगाडी


जनकपुरधाम । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भारी मतान्तरका साथ अग्रता कायमै राखेका छन् । सांगठानिक हिसाबले कमजोर देखिएपनि राउतले सुरूदेखि अग्रता कायम राखेका हुन् ।

डा. राउत १२७८१ मत ल्याउँदा उनको जसपा अध्यक्ष उपेन्द्र यादवले ६३४७ मत पाएका छन् । यहाँ जसपा-एमालेको तालमेल छ ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले २ हजार ४२१ मत ल्याएर तेस्रो स्थानमा छन् ।

सप्तरी २ करिब ६२ हजार खसेको थियो । जसमध्ये करिब साढे २३ हजार गणना भइसकेको छ । जसपाको संगठन र स्थानीय तहको मतको हिसाबले अब्बल देखिएको ठाउँमा पनि सीकेले लिड गरेका छन् ।

प्रकाशित : २०७९ मंसिर ६, मंगलवार १०:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ