सिरहा ४ (२) : जसपा उम्मेदवार मण्डल अगाडी, रामबाबु पछि पछि


लहान । सिरहा प्रदेशसभा क्षेत्र ४ (२)मा जनता समाजवादी पार्टी (जसपा) उम्मेदवार सुरेश मण्डल अग्रता कायम राखेका छन् ।

मधेश प्रदेशका पूर्व राज्यमन्त्री समेत रहेका मण्डलले ४ हजार १७३ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामवावु यादव ४ हजार ६ मतका साथ पछ्याइरहेका छन् ।

मण्डललाई एमालेको सहयोग छ भने यादव सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । यस क्षेत्रमा जनमतका सुरेश कुमार यादवले अहिलेसम्म ३ हजार १९ मत ल्याएका छन् ।

प्रकाशित : २०७९ मंसिर ८, बिहीबार १०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ