धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते


जनकपुरधाम । पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको बिरेन्द्रबजारमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

ईटहरीबाट जन्ती बोकेर महोत्तरीको पिपरा गाउँपालिकाको गमहरिया फर्किने क्रममा बा।१ ज। ८२९३ नम्बरको जीप ज १ च १४९६ नम्बरको पिकअप भ्यान‌सँग आपसमा ठोकिएर दुर्घटना हुँदा ११ वर्षीय बालकसहित ५ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह छन् । अन्यको पहिचना खुल्न बाँकी छ ।

दुर्घटनामा घाइतेहरुलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । उनीहरुको अबस्था सामान्य रहेको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए ।

https://www.youtube.com/watch?v=lRjPeZ6q8wM&t=1s

प्रकाशित : २०७९ मंसिर १७, शनिबार ०९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ