भारतीय पक्षले एकतर्फी बन्द गर्‍यो सीमाको पुल


दार्चुला । दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल–भारत सीमा पुल एकपक्षीय रुपमा भारतले बन्द गरेको छ ।

सोमबार बिहानैदेखि पुल बन्द गरिएपनि नेपाली पक्षलाई भने जानकारी दिइएको छैन। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने भारतीय पक्षबाट पुल बन्द गरेको बारेमा आफूहरुलाई कुनै जानकारी नआएको बताए ।

नेपालतर्फबाट सधैंकै समयमा सीमा पुल खोलिएको तर भारतीय पक्षबाट सीमा पुल बन्द गरेको जानकारी नआएको उनको भनाइ छ ।

‘भारततिर कुनै कार्यक्रम हुन सक्छ । त्यसको हामीलाई कुनै जानकारी छैन’, उनले भने ‘स्थानीय र भारतीय पक्षसँग समन्वय गरेर हिजो नै समस्या समाधान गरेको भए पनि आज किन पुल बन्द गरियो भन्ने थाहा भएन ।’

पुल बन्द भएपछि नेपाल र भारतका स्थानीय दुवैतिर आवतजावत गर्न पुल खोलिने पर्खाइमा छन् ।

https://www.youtube.com/watch?v=lRjPeZ6q8wM&t=15s

प्रकाशित : २०७९ मंसिर १९, सोमबार ११:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ