अशोक राईले भने- एमालेसँग तालमेल सकिएको छैन, उपेन्द्र यादवको भनाइ व्यक्तिगत


धरान । जनता समाजवादी पार्टी (जसपा)मा एमालेसँगको सहकार्यको विषयमा मतभिन्नता देखिएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको अभिव्यक्ति दिए पनि सो पार्टीका संघीय परिषद अध्यक्ष अशोक कुमार राईले भने त्यो यादवको व्यक्तिगत धारणा भएको बताएका छन् ।

उनले एमालेसँगको तालमेल नसकिएको बताए । राईले भने, ‘यो उहाँको ९अध्यक्ष उपेन्द्र यादवको० व्यक्तिगत धारणा हो । किनभने उहाँले नै सही गर्नु भएको कागजमा निर्वाचन पछि पनि यो तालमेल जारी रहन्छ भन्ने कुरा उल्लेख भएको छ ।’

उनले काठमाडौं गएर यसबारे अध्यक्ष यादवसँग छलफल गर्ने र पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।

https://www.youtube.com/watch?v=_v4xt3LhOPg

प्रकाशित : २०७९ मंसिर २०, मंगलवार १३:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ