सदीक्षा चौधरीको न्यायका लागि परिवारका सदस्य र विद्यार्थी सडकमा


काठमाडौं । त्रिपुरेश्वरस्थित विश्व निकेतन माविको कक्षा ११ मा अध्ययनरत छात्रा सदीक्षा चौधरीले गत मंसिर २१ गते आत्महत्या गरिन् ।

सप्तरी घर भएकी सदीक्षालाई विद्यालयकै डिसिप्लिन इन्चार्ज नवराज लोहनीले ‘टर्चर’ दिएकाले उनले आत्महत्या गरेको परिवारको आरोप छ ।

सदीक्षाको न्यायको माग गर्दै आमा शारदा चौधरी, बुवा सुदर्शन चौधरी, दिदी सृष्टि चौधरीसँगै ८०/९० जना विद्यार्थीले शनिबार माइतीघरमा मण्डलाको विस्तारित सडकखण्डमा बसेर न्याय मागेका थिए ।

उनीहरूले बिहान ११ः४५ बजेदेखि र्याली निकालेर विभिन्न नारा लगाएका छन् ।

 

प्रकाशित : २०७९ मंसिर २४, शनिबार १४:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ