रेशम चौधरी छुटाउन भोलीदेखि देशभर आन्दोलनको घोषणा (भिडिओसहित)


जनकपुरधाम । रेशम चौधरीलाई छुटाउन फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न सरकारले ल्याएको अध्यादेश पारितका लागि दबाब दिन थारु समुदाय भोलिदेखि आन्दोलनमा होमिने भएका छन् ।

https://www.youtube.com/watch?v=GwoZzewOfVk

थारु कल्याणकारिणी सभारथरुहटरथारुवान संयुक्त संघर्ष समितिले हालै सरकारले ल्याएको अध्यादेश संविधानसम्म्त भएको भन्दै स्वागत गरेको छ । साथै समितिले अध्यादेश अघि बढाउन दवावमुलक आन्दोलन गर्ने जनाएको छ ।

सरकारले ल्याएको उक्त अध्यादेशको अहिले विरोध भइरहेको छ । तर अध्यादेश पारित गर्नका लागि दबाब दिने उद्देश्यले थारु समुदाय आन्दोलन गर्ने भएका हुन् ।

विभिन्न पार्टीमा आवद्ध थारु नेता तथा अगुवाहरुले काठमाडौंस्थित रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरे । पत्रकार सम्मेलनमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले भोली मेचीदेखि महाकालीसम्मका थारु समुदाय प्रदर्शन गर्ने बताए ।

उनले माइतीघर मण्डलामा समेत भोली १ बजे दिउँसो प्रदर्शन तथा कोणसभा गर्ने जानकारी दिए । उनले भने, ’सरकारले विगतमा गरेको निर्णयलाई निरन्तरता दिंदै अध्यादेश ल्याएको छ । त्यसैले राष्ट्रपति ज्यूले अध्यादेश जस्ताको तस्तै पारित गर्नुहुन्छ भन्ने विश्वास छ ।’

उनले अध्यादेश विरुद्ध षड्यन्त्र भइरहेको यद्दपी विचलित नभएको बताए । आफ्नो पार्टीसंग न सरकार बनाउने न खसाउने हैसियत रहेको भन्दै लेनदेनमा अध्यादेश नआएको तर्क गरे ।

https://www.youtube.com/watch?v=H18PH8YcDNA&t=4s

प्रकाशित : २०७९ मंसिर २७, मंगलवार १८:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ