सिरहामा महिलाको हत्या आरोपमा यी २ युवक पक्राउ


जनकपुरधाम । धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

https://www.youtube.com/watch?v=ztL5Qc-XPEg&t=6s

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका २ मल्हनियाका २० वर्षीय राजकुमार महतो कोइरी र वडा नम्बर १ का २० वर्षीय नितेश कुमार रजक रहेका छन् ।

कर्जन्हा नगरपालिका १० स्थित अकरहिया जङ्गलमा घाँस काट्न गएकी मिर्चैया नगरपालिका २ मल्हनिया पिडारी टोलकी २६ वर्षीया लक्ष्मिनिया देवी कापरको मंगलवार हत्या भएको थियो ।

घटनापछि मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको तालिम प्राप्त कुकुर सहितको टोलीको सहयोगमा उनी दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालत, सिरहाबाट ७ दिनको म्याद लिई थप अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

हत्यापछि ती महिलाका आफन्त र स्थानीय मंगलवार मिर्चैयास्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेको थियो ।

https://www.youtube.com/watch?v=UavR8GRZ9ng&t=18s

प्रकाशित : २०७९ मंसिर २८, बुधबार १९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ