जनकपुरधाम उपमहानगरपालिकाले माग्यो १५७ जना कर्मचारी (सूचनासहित)


जनकपुरधाम । जनकपुरधाम उप-महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । सिभिल इन्जिनियर, सब इन्जिनियर, चालक, नगर प्रहरी, चौकीदार, माली लगायतका पदमा १५७ जना कर्मचारी माग गरेको हो ।

गोरखापत्रमा सूचना जारी गर्दै महानगरपालिकाले १५ दिनभित्र आवेदन पेश गर्न भनेको छ । त्यस्तै, कृषि अधिकृत, रोजगार संयोजक, पशु चिकित्सक, लगायतका पदहरुमा कर्मचारी माग गरेको हो ।

इच्छुक नेपाली नागरिकहरुले जनकपुर उपमहानगरपालिकाको वेबसाइटबाट थप जानकारी लिन सकिने बताएको छ ।

प्रकाशित : २०७९ मंसिर २९, बिहीबार १२:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ