महोत्तरीमा २० लाख २० हजार अबैध रुपैयासहित २ जना पक्राउ


महोत्तरी, ९ कार्तिक । स्रोत नखुलेको २० लाख रुपैंयाँसहित प्रहरीले महोत्तरीबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दुई छुट्टाछुट्टै ठाउँमा चेकजाँच गर्ने क्रममा २० लाख २० हजार नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

शुक्रबार साँझ जलेश्वर नगरपालिका–३ को भिटठामोडको नेपाल–भारत सीमा नजिकैबाट ५ लाख ७५ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ८ का ३२ वर्षीय विजय महासेठ रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिए । त्यस्तै मटिहानी नगरपालिका–२ मा जाँच गर्ने क्रममा एक जनालाई ११ लाख नेपाली रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

मटिहानी नगरपालिका–६ का जीवनकुमार पूर्वेको कानुन बमोजिम शरीरमा खानतलासी गर्दा रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेको दुवै जनालाई आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी बुढाथोकीले बताएका छन् ।

प्रकाशित : २०७६ कार्तिक ९, शनिबार ०७:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ