जनताको चाहना सरकारमा जाओस् भन्ने छ, गठबन्धनसँगै रहन्छौं : सिके राउत


काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्नो पार्टी वर्तमान गठबन्धनसँगै मिलेर अघि जाने बताएका छन् ।

बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा आयोजित जलपान कार्यक्रममा प्रतिक्रिया दिँदै राउतले जनताको चाहना बमोजिम आफूहरु सरकारमा जानका लागि छलफलमा रहेको बताएका हुन ।

‘जनताको अपेक्षा सरकारमा गएर काम गरोस् भन्ने छ । त्यसैले सत्ता गठबन्धन सँगै हुने जस्तो देखेका छौं, हामी छलफलमा छौं,’ राउतले भने ।

आज बसेको जनमत पार्टीको संसदीय दलको बैठकले राउतलाई दलको नेतामा चयन गरेको थियो ।

राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ ।

प्रकाशित : २०७९ पुष ४, सोमबार १६:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ